युरोकपको ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक, परेनन् रोनाल्डो र पोग्बा

युईएफएले युरोकप २०२० को ‘टिम अफ द टुर्नामन्ट’ टुर्नामेन्ट सार्वजनिक गरेको छ। युईएफएले मंगलबार प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको हो।

युईएफएले सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा युरोकपका गोल्डेन बुट विजेता पोर्चुगिज क्रिस्टियानो रोनाल्डो भने अटाउन सकेनन् । उनको टिम पोर्चुगल अन्तिम १६ भन्दा माथि नपुगेपनि रोनाल्डोको प्रदर्शन भने उत्कृष्ट थियो । उनले प्रतियोगितमा ५ गोल र एक असिस्ट गरेका थिए।

यता विश्व विजेता फ्रान्स र जर्मनीका खेलाडी पनि ‘टिम अफ द टुर्नामेन्ट’मा अटाउन सकेनन् । फ्रान्सलाई क्वार्टरफाइनलसम्मको यात्रा तय गराउन उत्कृष्ट प्रदर्शन गरेका पाउल पोग्बा पनि अटाएनन्।

‘टिम अफ द टुर्नामेन्ट’मा च्याम्पियन इटालीका सर्वाधिक ५ खेलाडी परेका छन् भने इंग्ल्यान्डका ३ र डेनमार्क, स्पेन र बेल्जियमका १ खेलाडीले टिममा स्थान बनाएका छन्।

‘टिम अफ द टुर्नामेन्ट’को गोलकिपरमा इटालीका जियानलुइजी डोनारुमा छन् भने डिफेन्समा इंग्ल्यान्डका केल वाकर र ह्यारी मग्रवायर, इटालीका लियोनार्दो बोनुची र लिएन्ड्रो स्पिनाजोला छन्।

यस्तै, मिडफिल्डमा डेनमार्कका पिर्रे इमिले होजावर्ग र इटालीका जर्जिन्हो र स्पेनका पेड्री छन्। स्ट्राइकरका रुपमा इटालिका फेडेरिको किएजा, रहिम स्टर्लिङ र बेल्जियमका राेमेलु लुकाकु छन्।

Facebook Comments Box