नेसन्स लिग : पोर्चुगललाई फ्रान्स र क्रोएसियाको चुनौति

युरोपियन फुटबल एसोसिएसनले युईएफए नेसन्स लिगको ड्र सार्वजनिक गरेको छ । सन् २०२०–२१ मा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पोर्चुगल कठीन समूहमा परेको छ । पोर्चुगल रहेको समूहमा विश्वविजेता फ्रान्स, उपविजेता क्रोएसिया र स्वीडेन छन् ।

युईएफले सार्वजनिक गरेको ड्र अनुसार लिग ए मा चार समूह छन् । प्रत्येक समूहमा समान ४ टिम छन् । पहिलो सिजन समूहमा ३–३ टिम थिए । यसपटक भने युईएफले नियम परिवर्तन गरेको हो ।

लिग ए को समूह ए मा नेदरल्यान्ड्स, इटाली, बोस्निया एण्ड हर्जगोभिना र पोल्यान्ड छन् । समूह बी मा इङ्ल्यान्ड, बेल्जियम, डेनमार्क र आइसल्यान्ड छन् । समूह सी मा पोर्चुगल, फ्रान्स, स्वीडेन र क्रोएसिया छन् भने समूह डी मा स्वीट्जरल्यान्ड, स्पेन, यक्रेन र जर्मनी छन्

यस्तै लिग बीमा पनि १६ टिम छन् । जसअनुसार समूह ए मा अस्ट्रिया, रोमानिया, नर्दन आयरल्यान्ड र नर्वे छन् । समूह बी मा इजरायल, स्लोभाकिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन् । समूह सी मा हंगेरी, टर्की, सर्विया र रुस छन् भने समूह डी मा वेल्स, बुल्गेरिया, आयरल्यान्ड र फिनल्यान्ड छन् ।

लिग सी मा पनि चार समूह छन् । लिग सी को समूह ए मा अजरबैजन, लक्जेमबर्ग, साइप्रस र मोन्टेनेग्रो छन्, समूह बी मा अर्मेनिया, इस्टोनिया, उत्तरी म्यासेडोनिया र जर्जिया, समूह सी मा माल्डोभा, स्लोभेनिया, कोसोभो र ग्रिस र समूह डी मा काजकिस्तान, लिथुनिया, बेलारुस र अल्बानिया छन् ।

यसपटक लिग डी मा दुई समूह मात्र छ र जम्मा ७ टिम छन् । लिग डीको समुह एमा माल्टा, एन्डोरा, लात्भिया र फारोई आइसल्यान्ड छन् भने समूह बी मा सामारिनो, लिचेस्टाइन र जिब्राल्टर छन् ।

युइएफए नेशन्स लिगको खलहरु यसैवर्षको सेप्टेम्बर पहिलो साता देखि शुरु हुनेछ । फाइनल जुन २०२१ मा हुनेछ । यसपटक युईएफले लिग ए र लिग बी मा सहभागी संख्या बढाएर १६ टिम बनाएको छ । लिग ए को चारवटै समूहको विजेताले फाइनल चरणमा स्थान बनाउनेछन् भने पुछारमा रहने टिम लिग बी मा घटुवा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *