युईएफए नेसन्स लिग : नेदरल्यान्डसँग हार्‍यो जर्मनी

युईएफए नेसन्स लिगअन्र्गत समूह १ को खेलमा ४ पटकको विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग फराकिलो अन्तरले पराजित भएको छ ।

आइतबार राति भएको खलेमा जर्मनी नेदरल्यान्डसँग ३–० ले स्तब्ध भयो । अघिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि जर्मनीले गोल गर्न भने सकेन ।

नेदरल्यान्डलाई सहज जित दिलाउन भर्जिल भान डिज्क, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलको ३०औं मिनेट घरेलु टोलीले अग्रता लिएको थियो ।

भर्जिल भान डिज्कले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

खेलको अन्तिम ३ मिनेटमा २ गोल गर्दै नेदल्यान्ड्सले खेललाई एकपक्षीय बनायो । ८७ औं मिनेटमा मेम्फिस डिपेले गोल गरो थिए भने ९० औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गर्दै खेल ३–० ले आफ्नो पक्षमा पारेका थिए ।

जर्मनीले ६० प्रतिबल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलवअधिमा जर्मनीले नेदरल्यान्डको पोष्टमा २१ प्रहार गरेको थियो । त्यसमध्ये ४ प्रहार मात्र टार्गेटमा थियो । यस्तै नेदरल्यान्ड्सले १४ सट प्रहार गरेकोमा ५ प्रहार टार्गेटमा थियो । नेदरल्यान्डले ३ सय ९२ पास खेलेको थियो भने जर्मनीले ५ सय ७८ पास खेलेको थियो ।

जर्मनी पछिल्लो समय रसिया विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको थियो । पछिल्लो दुई खेलमा जर्मनीले फ्रान्ससँग बराबरी खेलेको थियो भने पेरूमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो ।

जितपछि नेदरल्यान्ड समूह १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जर्मनी भने पुछारमा छ । यो समूहमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *