युईएफए नेसन्स लिग : रोनाल्डोविनाको पोर्चुगलले पोल्यान्डलाई हरायो

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रिएको युरोकप विजेता पोर्चुगलले पोल्यान्डलाई पराजित गरेको छ ।

युईएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई घरेलु मैदानमै ३–२ ले पराजित गरेको हो ।

पोल्यान्डले १८औं मिनेटमै खेलमा अग्रता लिएको थियो । उसका लागि कार्जेस्टोफ पेइटिकले गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पोर्चुगलका आन्द्रे सिल्भाले गोल गर्दै खेललाई बराबरीमा लाए । उनले ३२औं मिनेटमा गोल गरेका थिए ।

पोल्यान्डका कामिल गिल्कले ४३औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लिएको थियो । ५२औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाए ।

यसैगरी जाकुव ब्लास्चजोकोस्की ले ७७औं मिनेटमा गोल पोल्यान्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पोर्चुगलले ३–२ले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *