नेसन्स लिग: पोर्चुगल र फ्रान्स, इटाली र पोल्यन्डले खेले बराबरी

यूईएफए नेसन्स लिगमा विश्व च्याम्पियन फ्रान्स र डिफेन्डिङ च्याम्पियन पोर्चुगल तथा इटाली र पोल्यान्डले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा फ्रान्स र पोर्चुगल तथा इटाली र पोल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।

पहिलो हाफमा दुवै टिमले कुनै उल्लेख्य आक्रमण गर्न नसकेको खेलमा दोस्रो हाफमा एक–एक गोलको अवसर सिर्जना गरेका थिए । केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डोको प्रहार किपरले उत्कृष्ट बचाउ गरेका थिए ।

यो बराबरीपछि लिग एको ग्रुप तीनमा दुवै टिमले समान ७ अंक बटुलेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

यसैगरी आइतबा राति नै भएको अर्को खेलमा इटाली र पोल्यान्डले पनि गोलरहित बराबरी खेले । यस्तै लिग एको समूह १को अर्को खेलमा नदेल्यान्ड्स र बोस्निया एण्ड हजगोविनाले पनि गोलरहित बराबरी खेलेका छन् ।

समूह १का ५ अंक जोडेको इटाली शीर्ष स्थानमा छ भने समान ४ अंक जोडेको नदेरल्यान्ड्स र पोल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP