अब च्याम्पियन्स लिग र यरोपा लिगमा अवे गोलको नियम नहुने

युरोपियन फुटबल एसोसियन (युईएफए)ले क्लब फुटबलमा अवे गोलको नियम हटाउने निर्णय गरेको छ । युईएफएले आगामी सिजनदेखि लागू हुने गरी अवे गोलको नियम हटाउने निर्णय गरेको हो।

युईएफएको यो निर्णयसँगै च्याम्पियन्स लिग र युरोपा लिगका नकआउट चरणमा अब अवे गोलले खेलको नतिजमा कुनै असर गर्ने छैन । नकआउटमा हुने खेलमा दुवै लेग बराबरीमा सकिए खेल अतिरिक्त समयमा जाने छ।

यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउने प्रस्तावलाई स्वीकृति दिएको छ । सन् १९६५ देखि यो नियम प्रयोगमा आएको थियो ।

युइएफएका अध्यक्ष एलेक्जेन्डर कफेरिनले अवे गोलको नियम सही नभएको बताएका छन् । युईएफएको कम्पिटिसन कमिटीले मेमा यसबारे प्रस्ताव गरेको थियो र त्यसलाई कार्यकारी समितिले स्वीकृत गरेको हो ।

Facebook Comments Box