युरोपा लिग अन्तिम ३२ः लेस्टर बाहिरियो, युनाइटेड अन्तिम १६मा

इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिँदा अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने अन्तिम १६मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लेस्टर चेक रिपब्लिकको क्लब एसकै स्लाभियासँग २–०ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो भने युनाइटेड भने स्पेनिस क्लब रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा ४–०को जितसहित अन्तिम १६मा पुग्यो।

बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा चेक रिपब्लिकको एसके स्लाभियासँग २(० गोल अन्तरले पराजित हुँदै लेष्टर बाहिरिएको हो । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टर स्लाभियासँग समग्रमा २–० ले पराजित भयो ।

घरेलु मैदानमा स्लाभियालाई जित दिलाउन लुकास प्रोभोड र अब्दुल्लाह सिमाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ४९औं मिनेटमा लुकासले गोल गर्दै स्लाभियालाई अग्रता दिलाएका थिए । त्यसपछि७९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।

यस्तै, अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको युनाइटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाइटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । तर, पहिलो लेगमा निकालेको ४–० को जितले युनाइटेड प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । खेलको १३ औं मिनेटमा मिकेल ओयासाबेल पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.