स्वीडेनमाथि युक्रेनको ऐतिहासिक जित, पुग्यो क्वार्टरफाइनलमा

युरोकपमा युक्रेनले ऐतिहासिक जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्वीडेनलाई एक्स्ट्रा टाइममा २–१ले हराउँदै युक्रेन पहिलो पटक युरोकपको क्वार्टरफाइनलमा स्थान बनायो ।

अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड मंगलबार राति जर्मनीलाई हराउँदै क्वार्टरफाइनल पुगेको हो।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम डोविकले गोल गरे भने स्वीडेनका एमिल फोर्सबर्गले गोल गरेका थिए।

रोमाञ्चक खेलमा १२०औं मिनेटमा डोविकले निर्णायक गोल गर्दै युक्रेनलाई ऐतिहासिक जित दिलाए । उनले जिन्जेन्कोको पासमा हेडिङमार्फत गोल गरेका थिए।

निर्धारित समयको खेल गोलरहित १–१ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा गएको थियो। एक्स्ट्रा समयको नवौं मिनेटमा १० खेलाडी समेटिएपछि स्वीडन दबाबमा परेको थियो । ९९औं मिनेटमा उसका डिफेन्डस मार्कस ड्यानियल्सनले खराब ट्याकलका कारण सिधै रेडकार्ड पाएका थिए।

खेलमा सुरुआती अग्रता पनि युक्रेनले नै लियो । २७औं मिनेटमा जिन्चेन्कोले यार्मलेन्कोको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए। योसँगै उनी जारी प्रतियोगिताका सबैखेलमा गोल गर्न सफल भए।

Facebook Comments Box