एम्री बने भिल्लारियलका प्रशिक्षक

इंग्लिस क्लब आर्सनल, फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब सेभियाका पूर्वप्रशिक्षक उनाई एम्री स्पेनिस क्लब भिल्लालियलको प्रशिक्षक बनेका छन् । गत नोभेम्बर यता खाली रहेका एम्रीलाई भिल्लारियलले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एम्रीले भिल्लारियलसँग ३ वर्षको सम्झौता गरेका छन् । आर्सनलले निरन्तार खराब प्रदर्शन गरेपछि गत नोभेम्बरमा एम्री बर्खास्तीमा परेका थिए । युरोपियन फुटबलका अनुभवी प्रशिक्षकलाई नियुक्त गर्न पाउँदा आफूहरु खुसी भएको भिल्लारियलले जनाएको छ ।

एम्री युरोपियन लिगका सबैभन्दा सफल प्रशिक्षक हुन् । २००७–०८ सिजनमा एम्री भ्यालेन्सियाको प्रशिक्षक थिए। उनले भ्यालेन्सियामा चार सिजन बिताएका थिए। जहाँ उनले तीन सिजन तेस्रो स्थानमा रहँदै लिग सकाएका थिए। उनले क्लबलाई प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट गराएका थिए।

सन् २०१३ मा उनले सेभिल्लाको बागडोर सम्हालेका थिए। उनले लगातार तीन युईएफए यूरोपा लिग जितेर किर्तिमान समेत बनाएका थिए । सेभिल्ला पछि पिएसजी पुगेका उनले एक लिग वान, २ कोपा डि फ्रान्स जितेका थिए। पिएसजी पछि आर्सनल पुगेका उनले क्लबलाई २०१८–१९ को सिजनमा यूरोपा लिगको फाइनलसम्म प¥याएका थिए।

भिल्लारियलले ला लिगाको पाँचौ स्थान रहँदै यो सिजन सकाएको थियो। आगामी सिजनमा भिल्लारियलले यूरोपा लिग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP