युनाइटेड आए सान्चो

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले युवा विंगर जाडोन सान्चोलाई अनुबन्धन गरेको छ। युइटेडले एक वर्ष लामो प्रयासपछि सान्चोलाई अनुबन्धन गरेको हो।

युनाइटेडले जर्मन क्लब बोरुसिया टर्डमन्डबाट सान्चोलाई अनुबन्धन गरेको हो । युरोकपअघि नै युनाइटेड आउने सहमति भएपनि शुक्रबार मात्र औपचारिक सम्झौता भएको हो। सान्चाेले युनाइटेडमा २५ नम्बरकाे जर्सी लगाउने छन्।

२१ वर्षीय विंगर सान्तो भित्र्याउन युनाटेडले ८५ मिलियन युरो खर्चियो । सान्चोसँग युनाइटेडले ५ वर्षको सम्झौता गर्ने छ भने थप एक वर्ष सम्झौता थप गर्ने विकल्प पनि दिइएको छ।

२१ वर्षको उमेरमै इंग्लिस टिमको महत्वपूर्ण खेलाडी रहेका सान्तो म्यान्चेस्टर सिटीका उत्पादन हुन् । उनी सन् २०१७मा सिटीबाट डर्टमन्ड पुगेका थिए ।

डर्टमण्डका लागि १३७ खेल खेल्दै ५० गोल गरेका छन् भने ५७ असिस्ट पनि गरेका छन् । सन् २०१८ मै इंग्लिस टिममा डेब्यू गरेका सान्चोले २० खेल खेल्दै ३ गोल गरेका छन् ।

Facebook Comments Box