काभानीको निर्णायक गोलमा उरुग्वे विजयी

स्ट्राइकर इडिन्सन काभानीको निर्णायक गोलमा कोपा अमेरिकामा उरुग्वे विजयी भएको छ। मंगलबार बिहान भएको खेलमा काभानीले गोल गरेपछि उरुग्वेले समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १–०ले हरायो ।

योसँगै उरुग्वे समूह एको उपविजेताका रुपमा क्वार्टरफाइनल पुग्यो । उसले ४ खेलमा २ जित, १ बरारबी र १ हारको सामाना गर्दै ७ अंक जोड्यो। ६ अंक जोडेको पाराग्वे तेस्रो हुँदै अन्तिम ८मा पुग्यो ।

अन्तिम ८मा उरुग्वेले कोलम्बिया र पाराग्वेले पेरुसँग खेल्ने छन्।

निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए। पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई फाउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो ।

Facebook Comments Box