काभानीको गोलमा उरुग्वे क्वार्टरफाइनलमा

बोलिभियालई पारजित गर्दैै उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा इडिन्सन काभानीले गोल गरेपछि बोलिभियालाई २–०ले हराउँदै उरुग्वेले अन्तिम ८मा आफ्नो स्थान पक्का गरेके हो।

समूह एमा तीन खेलमा समान १ हार, जित र बराबरीको नितिजा निकालेको उरुग्वेको ४ अंक छ । यो समूहबाट अर्जेन्टिना, पारग्वे, चिनी पनि क्वार्र्टरफाइनलमा पुगेका छन्।

लगातार तीन हारपछि अंकविहीन रहेको बोलिभया भने समूह चरणबाटै बाहिरिएको छ ।

उरुग्वेलाई प्रतियोगितामा पहिलो जित दिलाउन एडिनसन कभानीले एक गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

बोलिभियाका कार्लोस लाम्पेले ४०औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले अग्रता बनाएको थियो । कभानीले ७९औं मिनेटमा गोल गर्दै उरुग्वेको जित पक्का गरे ।

Facebook Comments Box