मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कोनकाफ नेसन्स लिग उपाधि

पहिलो संस्करणको कोनकाफ नेसन्स लिग फुटबलको उपाधि अमेरिकाले जितेको छ। सोमबार कोलोराडोमा भएको फाइनलमा मेक्सिकोलाई ३–२ ले हराउँदै अमेरिका च्याम्पियन बनेको हो।

रोमान्चक बनेको फाइनलमा दोस्रो मिनेटमा मेक्सिकोले अग्रता लियो । उसका जेसस कोरोनाले गोल गरेका थिए । तर, तर, खेलको २७औं मिनेटमा जियोभानी रेनाले अमेरिकलाई खेलमा फर्काए, र खेललाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो १–१ गोलको बराबरीमा सकियो । ७९औं मिनेटमा मेक्सिकोेले खेलमा फेरि अग्रतालियो । यो पटक डिएगो लाइन्जले गोल गरेका थिए । तर, मेक्सिकोको अग्रता तीन मिनेटभन्दा टिक्न सकेन । तर, ८२औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै अमेरिकालाई २–२ स्थितिमा ल्याए।

निर्धारित ९० मिनेटमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त सयमा गएको थियो । अतिरिक्त समयको २४औं मिनेटमा अमेरिकाले खेलमा ३–२को अग्रता लियो । प्राप्त पेनाल्टीमा गोल कप्तान क्रिस्टियन पुलिसिचले गोल गर्दै अमेरिकालाई उपाधि दिलाए।

यता, खेलका लिएको दुई पटकको अग्ता जोगाउन नसक्दा मेक्सिको भने उपविजेतामै समीति भयो।

Facebook Comments Box