डिबला, म्याकेनी र अर्थुरलाई युभेन्ट्सले गर्‍यो कारबाही

इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबला, मिडफिल्डर वेस्टन म्याकेन्नी र अर्थर मेलोमाथि कारबाही गरेको छ । कोरोना भाइरसको स्वस्थ्य प्रोटोकल उल्लंघन गरेका कारण युभेन्ट्सले आफ्ना तीन खेलाडी डिबाला, म्याकेनी र अर्थुरलाई कारबाही गरेको हो ।

युभेन्ट्सले तीनै खेलाडीलाई अर्को सूचना नआउँदासम्मका लागि निलम्बन र जरिवाना तिराउने निर्णय गरेको छ ।

म्याकेनीले डिबाला र अर्थुरलाई बोलाएर घरमा पार्टी गरेका थिए । बुधबार म्याकेनीले अयोजना गरेको पार्टीमा डिबाल र अर्थुरसहित १० भन्दाबढी सहभाभी थिए।

यो योसँगै तीनै खेलाडीले शनिबार राति हुने टुरिनोविरुद्धको खेल गुमाउने भएका छन् । युभेन्ट्स यस सिजन तेस्रो स्थानमा रहेको छ । इन्टर मिलन भन्दा युभेन्ट्स १० अंकले पछि रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.