सिरि एमा युभेन्टसकाे दाेस्राे जित

इटालियन सिरि एमा युभेन्टस विजयी भएको छ । आइतबार साँझ भएको खेलमा युभेन्ट्सले साम्पडोरियामाथि ३–२को जित निकालेको हो।

युभेन्टसको जितमा पाउलो डिबाल, लियोनार्दो बोनुची र मानुअल लोकाटेलीले गोल गरे भने साम्पडोरियाका माया योसिदा र एन्टोनियो कान्ड्रेभाले गोल गरेका थिए।

१०औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले लोकाटेलीको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा बोनुचीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। साम्डोरियाका निकोला मुरुले डिबक्सका ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बोनुचीले गोल गरेका थिए।

४४औं मिनेटमा योसियाले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने प्रयास गरे । ५७औं मिनेटमा डुभान कुलुसेस्कीको पासमा लोकाटेलीले गोल गर्दै युभेन्टसलाई ३–१को अवस्थामा ल्याए । त्यसपछि ८३औं मिनेटमा कान्ड्रेभाले गोल गर्दै खेललाई ३–२मा ल्याए । तर, त्यसपछि गोल नहुँदा युभेन्टस दिए।

सिरि एमा युभेन्टसको यो दोस्रो जित हो। ६ खेलमा युभेन्टसले २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको छ, र उ नवौं स्थानमा छ । साम्डोरिया पाँच अंकसहित १५औं स्थानमा छ।

Facebook Comments Box