भ्यालेन्सियाले बर्खास्त गर्‍यो प्रशिक्षक

स्पेनिस क्लब भ्यालेन्सियाले प्रशिक्षक अलवर्ट सेलाडेसलाई बर्खास्त गरेको छ । लकडाउनपछि निरन्तार खराब प्रदर्शन गरिरहेको भ्यालेन्सिया शनिबार राति भएको खेलमा भिल्लासिरयलसँग २–०ले पराजित भएपछि भ्यालेन्सियाले सेलाडेसलाई बर्खास्त गरेको हो ।

कोरोना भाइरसको महामारीपछि सुरुभएको ला लिगामा भ्यालेनिसयाले निकै खराब प्रदर्शन गरेको छ । उसले ५ मध्ये १ खेलमा जित, ३ खेलमा पराजित र एक खेल बराबरी खेलेको छ । यी ५ खेलमा उसले ३ गोल मात्र गरेको छ ।

कोरोना महामारीपछिको पहिलो खेलमा लेभान्तेसँग १–१ गोलको बराबरी खेलेको भ्यालेन्सिया त्यसपछि रियल मड्रिडसँग ३–०ले पराजित भएको थियो । त्यसपछि ओसासुनामाथि २–०को जित निकालेको भ्यालेन्सिया एइबारसँग १–० र भिल्लारियलसँग २–०ले पराजित भएको थियो ।

सेलाडेस ९ महिनाअघि मात्र प्रशिक्षकमा नियुक्त भएका थिए । भ्यालेन्सियाले सेलाडेसको ठाउँमा भोरो गोन्जालेचलाई सिजनको अन्तिमसम्म प्रशिक्षक नियुक्त गरेको छ ।

भ्यालेन्सिया लिग तालिकाको ८ औँ स्थानमा छ भने पछिल्ला ४ खेलमा १ मा मात्र जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *