मेसीको २ गोलमा बार्सिलोनाको उपाधि आशा जिवितै

लियोन मेसीले २ गोल गरेपछि स्पेनिस ला लिगामा जित निकाल्दै बार्सिलोना उपाधि आशालाई जिवितै राखेको छ। आइतबार राति भएको खेलमा मेसीको २ गोल मद्दतमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२को जित निकाल्यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको बार्सिलोना लिगको तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७६ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ७४ अंक छ।

भ्यालेन्सियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता उल्टाएर जित हात पार्ने क्रममा लियोनल मेसीले दुई गोल गरे भने एन्टोनियो ग्रिजम्यानले एक गोल थपे। भ्यालेन्सियाका लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै ५ गोल दोस्रो हाफमा सम्भव भयो। ५० औं मिनेटमा गाब्रियले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । ५७ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

खेलको ६३औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लियो । ६९ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ८३औं मिनेटमा घरेलु टोलीका कार्लोसले एक गोल फर्काए पनि बार्सिलोना ३–२ ले विजयी भयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.