भान डाइकले जिते ‘प्लेयर अफ दी इयर’ अवार्ड

इंग्लिस क्लब लिभपुलका डज डिफेन्डर भिर्गिल भान डाइकले ‘फुटबल सपोटर्स एसोसिएस मेन्स प्लेयर अफ दी इयर’ अवार्ड जितेका छन् । फुटबल सपोटर्सको भोडिङका आधारमा दिइने यो पुरस्कार जित्ने क्रममा भान डाइकले म्यान्चेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङलाई पछि पारे ।

भान डाइकले ३४ लाख भोट पाएका थिए । स्टर्लिङ दोस्रो स्थानमा रहँदा लिभरपुलकै स्ट्राइकर साडियो माने तेस्रो स्थानमा रहे । यस्तै, टोटनह्याका कोरियन स्ट्राइकर सन ह्युङ मिन चौथो, लेस्टर सिटीका जिमी भार्डी पाचौं र आर्सनलका पिर्रे अमेरिक औबामियाङ छैठौं स्थानमा रहे ।

पछिल्ला ७ वर्षमा ‘फुटबल सपोटर्स एसोसिएस मेन्स प्लेयर अफ दी इयर’ अवार्ड जित्ने भान डाइक लिभरपुलका चौथो खेलाडी बनेका छन् । यसअघि यो अवार्ड मोहम्मद सलाहा, फिलिपे काउटिन्हो र लुइस सुआरेजले जितेका थिए ।

अघिल्लो सिजन भान डाइकले लिभपुल र नेदरल्यान्ड दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनै उत्कृष्ट प्रदर्शन मद्दतमा लिभरपुले च्याम्पियन्स लिग जितेका थियो भने प्रिमियर लिगमा १ अंकले पछि पर्दै उपाधि जित्न बञ्चित भएको थियो । यस्तै, नेदरल्यान्डलाई युइएफए नेसन्स कपको फाइलनसम्मको यात्रा तय गराउन पनि भान डाइकको महत्वपूर्ण भूमिका थियो ।

सोही प्रदर्शनका कारण भान गाइकले बार्सिलोनाका लियोन मेसी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई ‘युइएफए बेस्ट प्लेयर अफ दी इयर’ अवार्ड जितेका थिए । यस्तै, फिफाको बेस्ट प्लेयर र बालोन डे’ओरमा भने भान डाइक मेसीभन्दा पछि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *