भान डाइकले युरोकप नखेल्ने

इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण रिहाबमा रहेकाले भान डाइकले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका हुन्।

गत अक्टोबरमा प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्धको खेलमा भान डाइक घाइते भएका थिए । ७ महिना मैदान बाहिर रहेका भान डाइकले एक अन्तवार्ताका क्रममा युरोकप खेलेर रिस्क लिन नचाहेको भन्दै उनले प्रतियोगिता नेखेल्ने बताए ।

‘लामो समय मैदान बाहिर रहेँ, त्यसैले युरोकप नखेल्ने निर्णय गरेको हुँ । शारीरिक रुपमा यो सही हो जस्तो लाग्छ । अहिले रिहाबै छु, र रिस्क लिन चाहन्न,’ भान डाइकले भने, ‘मेरो ध्यान प्रिसिजनमा केन्द्रित छ । र, त्यो सही हो जस्तो लाग्छ ।’

भान डाइकले देशको लागि युरोकप गुमाउँदा आफू निराश हुने र यो आफ्ना लागि कठीन निर्णय भएको पनि बताएका छन् ।

अक्टोबरमा भएको एभर्टनविरुद्धको खेलमा भाइन डाइकलाई घुँडामा चोट लागेको थियो र पछि उनको घुँडाको लिगामेन्टको शल्यक्रियासमेत गरिएको थियो । एभर्टनको गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलमा भान डाइकलाई घुँडाको चोट लागेको थियो ।

२९ वर्षीय भान डाइकले नेदरल्याण्ड्सका लागि ३८ खेल खेल्दै ४ गोल समेत गरेका छन् । उनको अनुपस्थितिमा लिभरपुलकै टिममेट जर्जिनिओ विज्नाल्डमले युरोकपमा नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ ।

Facebook Comments Box