लेस्टरसँग घरेलु मैदानमा सिटीको लज्जास्पद हार, भर्डीले गरे ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी घरलु मैदानमै लज्जस्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सिटी लेस्टरसिटीसँग ५–२को फराकिलो अन्तरले पराजित भयो ।

सिटीविरुद्ध लेस्टरलाई शानदार जित दिलाउने क्रममा जेमी भर्डीले ह्याट्रिक गरे । सिटीमाथिको शानदार जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उलक्एिको छ । उसले लागतार तीन खेल जित्दै ९ अंक जोडेको छ ।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा लेस्टरले ४ र सिटीले १ गोल गरेको थियो । लेस्टरका ५ गोलमध्ये ३ गोल पेनाल्टीमा सम्भव भएको थियो । लेस्टरका भर्डीले ह्याट्रिक गर्दा जेम्स माडिन्सन र युरी टिलेमन्सले १–१ गोल गरे । सिटीका रियाद महारेज र नाथन एकेइले गोल गरेका थिए ।

सिटीको मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले जित निकालेको हो ।

चौथो मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । सिटीका डिफेन्डर केली वाल्कर पेनाल्टी क्षेत्रमा भर्डीलाई फउल गरेपछि लेष्टरले पेनाल्टी पाएको थियो ।

खेलको ५४औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई अग्रता दिलाए । ५८औं मिनेटमा भर्डीले पेनाल्टीमै गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–१को अग्रता दिलाए । सिटीका एरिक ग्रासियाले पेनाल्टी क्षेत्रमा सोयुन्कुलाई फउल गरेपछि लेष्टर पेनाल्टी पाएको थियो ।

खेलको ७७औं मिनेटमा ममाडिन्सनले गोल गर्दै लेष्टरलाई ४–१ को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा सिटीका नाथन एकेले गोल गर्दै सिटीलाई ४(२ स्थितिमा ल्याए । ८८औं मिनेटमा टेलिमान्सले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई ५–२ को सानदार जित दिलाए । बेन्जामिन मेन्डीले ममाडिन्सनलाई पेनाल्टी डिबक्समा फउल गरेपछि लेष्टरले तेस्रो पटक पेनाल्टी पाएको थियो ।

यसैगरी आइतबार नै भएका अन्य खेलमा लिड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–०ले पराजित गर्दा टोटनह्याम न्युकासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP