भार्डी चम्किँदा लेस्टर विजयी

स्ट्राइकर जिमी भार्डीले सानदार प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । शनिबार भएको खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई ३–०ले हरायो ।

घरेलु मैदानमा लेस्टरको जितमा जिमी भार्डीले दुई गोल गरे भने केलिची इनह्याचोले एक गोल गरे । यीदुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तीन गोल गर्दै लेस्टर विजयी भयो ।

खेलको ४९ औं मिनेटमा इनह्याचोको गोलमा लेस्टरले अग्रता लियो । ७७औं मिनेटमा भार्डीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यससँगै उनले प्रिमियर लिगमा १०० गोल पुरा गरेका थिए । इन्जुरी समयमा भार्डीले पुनः गोल गर्दै लेस्टरलाई ३–०को सहज जित दिलाए ।

यसैगरी शनिबार राति नै भएको खेलमा ब्राइटनले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनले नर्विच सिटीलाई १–०ले हरायो । ब्राइटनको जितमा लिन्ड्रो ट्रोसार्डले २५ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै लेस्टरले ३३ खेलबाट ५८ अंकका साथ तेस्रो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १३औं स्थानमा रहेको छ । जितसँगै ३६ अंकका साथ ब्राइटन १५औं स्थानमा छ भने पराजित नर्वित २१ अंकका साथ पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP