भेनेजुएलाले इक्वेडरलाई रोक्यो

कोपा अमेरिकामा भेनेजुएलाले इक्वेटरलाई बराबरी खेलेका छन् । सोमबार बिहान भएको भेनेजुएलाले इक्वेडरलार्य २–२ गोलको बराबरीमा रोकेको हो। इस्टाडिओ ओलम्पिको निल्टन सान्तोसमा भएको खेलमा इक्वेडरले दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा उ अंक बाँड्न बाध्य भयो ।

३९औं मिनेटमा एडुअर प्रेसेडिओले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर, ५१औं मिनेटमा एडसन कास्टिलोले भेनेजुएलाका लागि बराबरी गोल फर्काए। यस्तै गोन्जालो प्लाटोले ७१औं मिनेटमा गोल गर्दै इक्वेडरलाई फेरि अग्रता दिलाए । इन्जुरी टाइममा कास्टिलाको पासमा आर हर्नान्डेजले गोल गर्दै भेनेजुएलाको हार टारे ।

समूह एमा दोस्रो बराबरीपछि भेनेजुएलाले ३ खेलबाट २ अंक जोडेको छ र चौथो स्थानमा छ । एक खेलबाट १ अंक रहेको इक्वेडर पुछारमा छ।

Facebook Comments Box