
भिल्लारियलले बायर्नलाई हरायो
Read Time:1 Minute
च्याम्पियन्स लिगमा अर्को स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ। घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखमाथि १(०को जित निकाल्यो ।
बायर्नविरुद्ध भिल्लारियललाई जित दिलाउन आठौं मिनेटमा अर्नाउत डेन्मुमाले गोल गर्दैै बलियो बार्यनविरुद्ध भिल्लारियनलाई अग्रता दिलाए। उनले ड्यानिअल परेजोको यासमा गोल गरेका थिए।
भिल्लारियलले च्याम्पियन्स लिगको नकआउट चणमा सन् २००६ पछि पहिलो पटक जितेको हो । यता, जारी प्रतियोगितामा बायर्नको पहिलो हार हो।
खेलमा ६२ प्रतिश बल पोजेसन बनाउँदै बायर्नले २२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। यता, भिल्लारियलले १२ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो।