भिल्ला रियल विजयी हुँदा भ्यालेन्सिया पराजित

ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा उनाइ एम्रीको टिम भिल्ला रियल विजयी हुँदा भ्यालेन्सिया भने पराजित भएको छ । भिल्ला रियलले एइबारलाई २–१ले पराजित गर्दा भ्यालेन्सिया सेल्टाभिगोसँग २–१ ले नै पराजित भयो ।

घरेलु मैदानमा भिल्ला रियललाई जित दिलाउने क्रममा जेरार्ड मोरेनो र पाको अल्कासरले गोल गरे भने एइबारबा किकेले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता एइबारले लिएको थियो । ५०औं मिनेटमा किकेले गोल गर्दै एइबारलाई सुरुवाती अग्रता दिलए । ६३औं मिनेटमा मोरेनोले चुकुएजेको पासमा गोल गदैृ खेललाई बराबरीमा ल्याए ।

७१औं मिनेटमा मोरेनोकै पासमा अल्कासरले गोल गर्दै टिमलाई २–१को अवस्थामा ल्याए । त्यसपछि खेलमा कुनै गोल नहुँदा भिल्लारियल विजयी भयो ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा भ्यालेन्सिया पराजित भएको छ । भ्यालेन्सिसा सेल्टाभिगोसँग २–१ले पराजित भएको हो । सेल्टा भिगोको जितमा दुवै गोल इयागो आसपासले गरेका थिए भने भ्यालेन्सियाका म्याक्सी गोमेजले गरेका थिए ।

आसपासले १३औं मिनेटमै गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । पहिलो १–०मै सकियो । तर, दोस्रो हाफको पहिलो मिनेटमै गोमेजले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो । ५७औं मिनेटमा आसपासले गोल गर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । त्यसपछि कुनै गोल नहुँदा सेल्टा भिगो विजयी भयो ।

यसैगरी शनिबार नै भएको खेलमा गेटाफे विजयी भएको छ । जेमी माटालेका निर्णायक गोल मद्दतमा गेटाफेले ओसासुनालाई १–०ले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP