
भिल्लारियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब भिल्लारियलमाथि दोस्रो लेगमा २–०ले पछि परेको अवस्था उल्टाउँदै ३–२को जित निकाल्दै लिभरपुल समग्रमा ५–२को जितसहित फाइनल पुगेको हो।
घरेलु मैदानमा बोउलाए डियाले तेस्रो र फ्रान्सिस कोक्विलिन ४१औं मिनेटमा गोल गरेपछि भियारियलले पहिले हाफमा दुई गोलको अग्रता लिंदै स्कोर २–२ को अवस्थामा पुर्याएको थियो ।
यस्तोमा भियारियलले लिभरपुललाई स्तब्ध पार्ने संकेत देखिएको थियो । तर दोस्रो हाफमा लिभरपुलले शानदार कमब्याक गर्यो।
लिभरपुलका लागि फाबिन्होले ६२औं, लुइस डियाजले ६७औं र साडियो मानेले ७४औं मिनेटमा गोल गरेपछि लिभरपुलले १२ मिनेटमै तीन गोल फर्कायो ।
खेलको ८५औं मिनेटमा भियारियलका कापाउ इट्टिनेले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि स्पानिस क्लब १० लाडीमा सिमित भएको थियो ।
पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पटक हो । अब लिभरपुलले अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
सिटी र रियल मड्रिड बुधबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेल्दैछन् । पहिलो लेग सिटीले ४–३ ले जितेको थियो ।