कीर्तिमानी खेलमा रोनाल्डोको गोल, युनाइटेडले विजयी

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति ओल्ड ट्राफोर्डमा भिल्लारियलविरुद्ध मैदानमा उत्रँदै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाए । यो खेल च्याम्पियन्स लिगमा रोनाल्डोको यो १७८औं खेल थियो । र, उनी यो खेलसँगै च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने खेलाडी बने ।

यो क्रममा उनले रियल मड्रिडका स्पेनिस गोलकिपर इकर कासिलासलाई पछि पारे । कासिलासले रियल र पोर्टोका लागि १७७ खेल खेलेका थिए । समान १५१ खेल खेलेका लियोनल मेसी र जाभी तेस्रो स्थानमा छन्।

कीर्तिमानी खेलमा अन्तिम सेकेन्डमा रोनाल्डोले गोल गरेपछि म्यान्चेस्टर युनाइटेड विजयी भयो । ओल्ड ट्राफोर्डमा रोनाल्डोको निर्णायक गोल मद्दतमा युनाइटेडले भिल्लारियलमाथि २–१को जित निकाल्यो।

खेलमा अग्रता भने भिल्लारियलले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा पाको अल्कासारले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।

एक गोलले पछि परेपछि खेलमा थप दबाब बनाएको युनाइटेडले ६०औं मिनेटमा बराबरी गोल फर्काएयो । कप्तान ब्रुनो फर्नान्डेसको फ्रिकिकमा एलेक्स टेलेसले भलीमार्फत गोल गरेका थिए ।

बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा रोनाल्गोले जेसी लिंगार्डको पासमा गोल गर्दैृ युनाइटेडलाई २–१को जित दिलाए । यसैसिजन १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको यो ५ खेलमा पाँचौं गोल हो।

Facebook Comments Box