२२ पेनाल्टी प्रहारपछि भिल्लारियल च्याम्पियन

प्रतिस्पर्धात्मक फाइनलमा म्यान्चेस्टर युनाइटेडले हराउँदै भिल्लारियलले युरोपा लिग उपाधि जितेको छ । बुधबार राति पोल्यान्डमा भएको फाइलनमा निर्धारित सयम र थप गरिएको समयको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा भिल्लारियलले युनाइटेडमाथि ११–१०को जित निकाल्यो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । २९औं मिनेटमा जेरार्ड मोरेनो गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाए । ५५औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा दाबबमा खेलेको युनायटेडले दोस्रो हाफ उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । उसले गोल थुप्रै राम्रा अवसर खेल फालेको थियो । भिल्लारियल गोलका लािग अर्को एउटा असवसर मात्र बनाएको थियो।

निर्धारित समय र थप गरिएको समय जस्तै पेनाल्टी सुटआउट पनि प्रतिस्पर्धात्मक रह्यो। पेनाल्टीमो पनि नतिजा आउन २२ प्रहार गर्नुपरेको थियो।

सुआवाती १०–१० खेलाडीको पेनाल्टी सहजै गोलमा परिणत भयो । त्यसपछि भिल्लारियलका गोलकिपर गेरोमिनो रुलीले सहज गोल गरे तर, युनाइटेडका किपर डेबिड डे गियाको प्रहार रुलीले बचाए । र, टिमलाई च्याम्पियन बनाए।

भिल्लारियलको यो जितसँगै युरोपिएल क्लब फुटबल प्रतियोगितामा भएको स्पेनिस र इंग्लिस क्लबबीचको भएका सबै १० फाइनलमा स्पेसिन क्लब विजयी भएका छन् ।

Facebook Comments Box