फ्रेइबर्गमाथि डर्टमन्डको रोमाञ्चक जित, गर्‍यो १२ मिनेटमा ३ गोल

Read Time:1 मिनेट

जर्मन बुन्डेस लिगमा बोइरुसिया डर्टमन्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै डर्टमन्डले फ्रेइबर्गमाथि ३–१को जित निकाल्यो।

सुरुआत मै पछि परेको डर्टमन्डले खेलको अन्तयतिर १२ मिनेट अन्तरमा ३ गोल गर्दै जित निकाले थियो । उसका लागि जेमी बेनो गेटेन्स, युसोउफा मौकाेको र मारिअस वल्फले गोल गर्दा फ्रेइबर्गका माइकल ग्रेगोरिट्सले गोल गरेका थिए।

युरोपा पार्कमा ३५औं मिनेटमा ग्रेगोरिट्सले गोल गर्दै फ्रेइवर्गलाई अग्रता दिलाए। ७७औं मिनेटमा गेटेन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८४औं मिनेटमा मौकाेको र ८८औं मिनेटमा वल्फले गोल गरेपछि डर्टमन्डले पुनरागमन जित निकाल्यो ।

लगातार दोस्रो जितसँगै डर्टमुन्ड २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा भने फ्रेइवर्ग ३ अंकसहित तेस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै
Next post युवा स्टार मनिष बहराइनको क्लबमा अनुबन्धित
Close