२२ वर्षीय ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरलाई रियल मड्रिडले लिजेन्डरी जर्सी दिएको छ। छोटो समयमै आफूलाई वर्तमान समयकै उत्कृष्ट खेलाडी बनाएका भिनिसियसलाई रियलले ७ नम्बरको लिजेन्डरी जर्सी दिएको हो।
१८ वर्षको उमेरमा ब्राजिलियन क्लब फ्लेमेङ्गोबाट रियल आएका भिनिसियसले सुरुमा २१ र २० नम्बरको जर्सी लगाएका थिए। अब भने उनी ७ नम्बरको जर्सीमा देखिनेछन्।
यसअघि ७ नम्बरको जर्सी इडेन हाजार्डले लगाउँथे। हाजार्डले क्लब छाडेसँगै रियलले युवा स्टार भिनिसियसलाई ७ नम्बरको जर्सी दिएको हो।
रियलमा यसअघि कोपा, अमान्सियो, जुआनिटो, बुर्टागुइनो, राहुल र क्रिस्टिायानो रोनालडो जस्ता स्टार खेलाडीले ७ नम्बरको जर्सी लगाएका थिए।
भिनिसियसले रियलबाट २२५ खेल खेल्दै ५९ गोल गरेका छन् । उनी पछिल्लो २ सिजन भने उत्कृष्ट फर्ममा छन्।
यस्तै, रियलले अर्का ब्राजिलियन स्टार रोड्रिगोलाई ११ नम्बरको जर्सी दिएको छ। यसै महिना मार्को असेन्सियोले क्लब छाडेपछि ११ नम्बरको जर्सी रियलले रोड्रिगोलाई दिएको हो। यसअघि उनले रियलमा २२ र २१ नम्बरको जर्सी लगाउँथे।
सन् २०१९मा ब्राजिलियन क्लब सान्तोषबाट रियल आएका २२ वर्षीय रोड्रिगोले १६५ खेलमा ३७ गोल गरेका छन्।