दुई ब्राजिलियन युवा स्ट्राइकर चम्किँदा रियल शीर्ष स्थानमा

दुई ब्राजिलियन युवा स्ट्राइकर १९ वर्षीय भिनिसियस जुनिर र १८ वर्षीय रोड्रिगो गोएस चम्किएपछि रियल म्याड्रिडले ला लिगामा सहज जित हात पारेको छ । बुधबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा भिनिसियस र रोड्रिगोले गोल गरेपछि रियलले ओसासुलाई २–०ले हरायो ।

ओसुनाविरुद्धको जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा ४ जित र २ बराबरी खेलेको रियलको १४ अंक भएको छ । १३ अंक जोडेको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहँदा १२ अंकका साथ एथ्लेटिको बिल्बाओ तेस्रो, ११ अंकका साथ ग्रानडा चौथो र १० अंकका साथ बार्सिलोना पाचौं स्थानमा छ ।

ओसासुनाविरुद्ध प्रशिक्षक जिनेदिन जिदानले सेभिल्लाविरुद्ध खेलेका ३ खेलाडीलाई मात्र मैदान उतारेका थिए । अधिकांश युवा खेलाडीलाई मौका दिएको खेलमा सेभिल्लाविरुद्ध खेलेका टोनी क्रुस, कासेमिरो र कप्तान सर्जियो रामोस मात्र ओसासुनाविरुद्ध पहिलो रोजाईमा थिए ।

अधिंकाश सयम ओसासुनालाई दबाबामा राखेको खेलमा रियलले ३६औं मिनेटमा अग्रता लिएको थियो । क्रुसको पासमा भिनिसियसले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै रियलालाई अग्रता दिलाएका हुन् । रियलमा क्रिस्टियानो रोनाल्डोको स्थान लिने खेलाडीका रुपमा हेरियका भिनिसियसको यो सिजनको पहिलो गोल हो ।

पहिलो हाफमा १–०को अग्रता लिएको रियलले दोस्रो हाफको सुरुवातमै अग्राता दोब्बर बनायो । ५० औं मिनेटमा भएको त्यो गोललाई ‘भार’मार्फत अफसाइट दिएपछि यसै सिजन रियल आएका लुका जोभिच ला लिगामा गोलको खाता खोल्न चुके । दोस्रो हाफको सुरुवातमै जोभिचले गोलको सुन्दर मौका खेल फालेका थिए । लुकास भास्वेक्सको पासमा जोभिच वान टु वानमा गोल गर्न चुकेका थिए ।

मैदान प्रवेश गरेको २ मिनेट नबित्दै १८ वर्षीय युवा खेलाडी रोड्रिगोले तेस्रो टचमै गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । रोड्रिगो यो रियलका लागि डेब्यू खेल थियो । उनी ७१औं मिनेटमा भिनिसियसको स्थानमा मैदान प्रवेश गरेका थिए । ७२औं मिनेटमा उने कासेमिरोको पासमा २ डिफेन्डरलाई छलाउँदा गोल गरेका थिए ।

रोड्रिगो ब्राजिलिय रोनाल्डोपछि रियलका लागि डेब्यू खेलमा सर्वाधिक छिटो गोल गर्न खेलाडी बनेका छन् । सन् २००२ मा रोनाल्डोले डेब्यू खेलमा ६२ सेकेन्डमा गोल गरेका थिए भने रोड्रिगो ९३औं मिनेटमा गोल गरेका थिए ।

खेलमा रियलले ५५ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले ओसासुनाको पोस्टमा १५ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, ओसासुना भने एउटै सट फ्रेममा प्रहार गर्न असफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP