भिनिसियसको गोलमा रियल विजयी

ब्राजिलियन युवा विंगर भिनिसियस जुनियरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेपछि रियल मड्रिडले घरेलु मैदाना जित निकालेको छ । बुधबार राति अल्फ्रेडो डि स्टेफानो स्टेडियममा भएको खेलमा भिनिसियसको निर्णायक गोल मद्दतमा रियलले रियल भालाडोलिडलाई १–०ले हरायो ।

घरेलु मैदानमा रियललाइृ भालाडोलिडले गोलरहित बराबरीमा रोकेको थियो । रियलले कमजोर फिनिसिङ गरेपछि प्रशिक्षक जिनेदिन जिदानले ५७औं मिनेट एकैपटक तीन खेलाडी परीवर्तन गरे । उनल ेइस्को, लुका जोभिच र ओड्रियोजोलालाई निकाल्दै भिसियस, मार्को असेन्सियो र डानी कार्भजललाई मैदान छिराएका थिए ।

तीन खेलाडी परिवर्तन गरेपरि रियलले भालाडोलिडलाई दबाब दिएको थियो । ६५औं मिनेटमा भिनियसले गोल गर्दै रियललाई अग्रता दिलाए । भिनिसियसको सोही गोल निर्णायक सावित भयो ।

खेलमा दुवै टिमका किपरले केही उत्कृष्ट बचाउ गरे । पहिलो हाफमै भालाडोडिलका किपरले फ्रेडे भाल्भार्डेको प्रहार बचाएका थिए भने दोस्रो हाफमा लुका जोभिचको प्रहार बचाएका थिए । यस्तो दोस्रो हाफमा थियो कोर्टुवाले पनि ३–४ उत्कृष्ट बचाउ गर्दै रियललाई जोगाएका थिए ।

जितपछि ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । ३ खेलबाटै ७ अंक जोडेको गेटाफे र ४ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया क्रमशस् पहिलो र दोस्रो स्थानमा छ ।

यसैगरी बुधबार राति नै नै भएका अर्को खेलमा एट्लेटिको मड्रिड नव प्रवेसी क्लब हुएस्कासँग गोलरहित बराबरीमा रोकिँदा इल्चेले एइबारलाई १–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP