भिनिसियस ब्राजिलियन टिममा

रियल म्याड्रिडमा व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय युवा स्ट्राइकर भिनिसियस जुनियर पहिलो पटक ब्राजिलियन राष्ट्रिय टिमका परेका छन् । सेप्टेम्बर दोस्रो सता कोलम्बिया र पेरुविरुद्ध हुने मैत्रीपूर्ण खेलका शुक्रबार घोषणा गरिएको टिममा भिनिसियसले स्थान बनाएका हुन् ।

यसअघि गत मार्चमा भएको पानामा र चेक रिपब्लिकविरुद्ध मैत्रीपूर्ण खेलमा भिनिसियस ब्राजिललको टिममा परेका थिए । तर, खेलअघि घाइते भएपछि उनले डेब्यू गर्न भने पाएका थिएनन् । उनी च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा आयाक्सविरुद्ध घाइते भएका थिए ।

भर्खरै कोपा अमेरिका जितेको ब्राजिलले सेप्टेम्बर ७ मा कोलम्बिया र ११ मा पेरुसँग मेत्रीपूर्ण खेल खेल्ने छ ।

अघिल्लो सिजन भिनिसियसले रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही कारण भिनिसियस १९ वर्षकै उमेरमा रियलका प्रमुख खेलाडी बनिसकेका छन् । उनलाई रियललमा रोनाल्डोको उत्तराधिकारीका रुपमा हेरिएको छ । उनलाई रियलले ब्राजिलियन क्लब फ्लेमेङ्गोबाट ४५ मिलियन युरोमा किनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP