एल क्लासिकोमा रियलको शान

क्लब फुटबलको प्रतिष्डि भीडन्त अर्थात् एल क्लासिमा रियल म्याड्रिडले सनदार जित निकलोको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले हरायो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्‍यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एकएक गोल गरे ।

खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

एल क्लासिकोको जितले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले एक अंक मात्र जोडेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमै पराजित भएपछि रियलका प्रशिक्षक जिदान दबाबमा थिए ।

एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP