भान डाइक सन् २०२५सम्म लिभरपुलमै रहने

लिभरलुका डच डिफेन्डर भिर्गिल भान डाइक सन् २०२५ सम्म एन्डफिल्डमै रहने भएका छन् । लिभरपुलसँग सम्झौता नवीकरण गर्दै भान डाइक सन् २०२५ सम्म एन्डफिल्डमै बने समहत भएका हुन् ।

लिभरपुलमा भान डाइगको सम्झौता यही वर्ष सकिँदै थियो । भान डाइकले पिएसजीको आकर्षक प्रस्ताव अस्वीकर गर्दै लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन् । भान डाइक र लिभरपुलबीच आधिकारी सम्झौता भने जुलाईमा हुने छ ।

नयाँ सम्झौतपछि २५ वर्षीय डच खेलाडी भान डाइक सर्वाधिक पारिश्रमिक पाउने लिभरपुलका खेलाडी बनेका छन् । उनले प्रतिसाता २ लाख २० हजार पाउन्ड तलब पाउने छन् । यसअघि मोहम्मद सलाह सर्वाधिक पारिश्रमिक पाउने खेलाडी थिए । उनको पारिश्रमिक प्रतिसाता २ लाख पाउण्ड छ ।

भान डाइक २०१८मा कीर्तिमानी ७५ मिलियन पाउन्डमा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए। उनले लिभरपुलबाट युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन् ।

कोरोना महामारीका कारण गएको मार्च दोस्रो सातादेखि स्थगित भएको इंग्लिस प्रिमियर लिग १७ जुनदेखि सुरु हुँदैछ । मर्सी साइड डर्बीमा एभर्टनसँग खेल्दै लिभरपुलले स्थगित लिगको सुरुवात गर्ने छ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक रहेको छ । उसले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाउको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.