एट्लेटिको मड्रिडको सानदार जित

ला लिगामा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनामाथि ५–०को फराकिलो अन्तरले पराजित गरेको हो ।

ओसासुनाको मैदानमा एट्लेटिको मड्रिडलाई जित दिलाउन जोआ फेलिक्सले २ गोल गरे भने मार्कोस लोरेन्टे, अल्भारो मोरटा र यानिक करास्को पनि १–१ गोल गर्न भ्याए ।

खेलको २७औं मिनेटमा फिलिक्सको गोलमा एट्लेटिको सुरुवाती अग्रता लियो । पहिलो हाफमा त्यतिमै सकियो । दोस्रो हाफमा भने एट्लेटिकोले ४ गोल गर्दै खेललाई एकपक्षीय बनायो ।

खेलको ५६औं मिनेटमा फेलिक्सले पुनः गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि ७९औं मिनेटमा लोरेन्टेले, ८२औं मिनेटमा मोरटा र ८८औं मिनेटमा कारस्कोले गोल गर्र्दै एट्लेटिकोलाई ५–० को सानदार जित दिलाए ।

बुधबार राति नै भएका अन्य खेलमा रियल भालाडोलिड र सेल्टाभिगोले गोलरहित बराबरी खेले भने एइबार र एथ्लेटिको बिल्बाओले २–२ गोलको बराबरी खेले ।

जितपछि एथ्लेटिको मड्रिड २९ खेलबाट ४९ अंक सहित चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट ३५ अंक बनाएको ओसासुना भने लिगको ११औं स्थानमा छ। लिगको शीर्ष स्थानमा बार्सिलोना रहँदा दोस्रो स्थानमा रियल मड्रिड र तेस्रो स्थानमा सेभिया छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *