ला लिगा च्याम्पियन बार्सिालोनाले ब्राजिलियन युवा स्ट्रायकर भित्र्याउने भएको छ। बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको व्याकअपका रुपमा १८ वर्षीय ब्राजिलियन स्ट्राइकर भिटर रोकीलाई भित्र्याउने भएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार रोकी र बार्सिलोनाबीच क्याम नाउ आगमनका विषयमा सहमति भइसकेको छ। बार्सिलोनाले रोकीलाई ब्राजिलियन सिरि ए क्लब एथ्लेटिको पारानाइन्सबाट ४० मिलियन युरोमा भित्र्याउन लागेको हो।
सम्भवतः रोकी समर ट्रान्सफर विन्डोको बार्सिलोनो पहिलो साइनिङ हुनेछन्। बार्सिलोनाले रोकीको अनुबन्धनको औपचारिक घोषणा भने केही समयपछि मात्र हुनेछ। केही खेलाडीले बार्सिलोनाबाट बहिर्गमन भएपछि मात्र बार्सिलोनाले रोकीलाई दर्ता गर्न सक्ने छ।
रोकीले पहिल्लो समय उत्कृष्ट फर्मममा छन् । उनले ब्राजिल र क्लबदुवैका लागि उस्तै लय कायम राखेका छन्।
यसैवर्ष भएको यू–२० साउथ अमेरिकन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि रोकी सबैको नजरमा परेका थिए । प्रतियोगितामा उनले ब्राजिलकै कप्तान आन्द्रे सान्तोषसँगै समान ६ गोल गर्दै गोल्डेन बुट जितेका छन्।
त्यही प्रदर्शनका आधारमा उनले गत मार्चमा ब्राजिलियन सिरियन टिममा डेब्यूको अवसर पाएका थिए । मोरक्कोविरुद्धको खेलमा रोकी ६३औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका थिए।
ब्राजिलको यू–२० टिमबाट रोकीले ११ खेलमा ८ गोल गरेका छन्। तर, यू–२० विश्वकपका ब्राजिलियन टिममा भने रोकीले स्थान बनाउन सकेनन्।
उनी सन् २०२२ अर्को ब्राजिलियन क्लब क्रुजेइरोबाट एथ्लेटिको आएका थिए। क्रुजेइरोमा उनले १६ खेल खेल्दै ६ गोल गरेका थिए। यता, एथ्लेटिकोमा भने उनले ७१ खेल खेल्दै २२ गोल गरेका छन्।
उनको उत्कृष्ट प्रदर्शन मद्दतमा एथ्लेटिको सन् २०२२को कोपा लिबेर्टाडोरेसको फाइनलसम्म पुगेको थियो । फाइलनमा एथ्लेटिको अर्को ब्राजिलियन क्लब फ्लेमेङ्गोसँग पराजित भएको थियो । रोकी टिम अफ दी टुर्नामेन्टमा समेत परेका थिए।