वेल्स ६४ वर्षपछि विश्वकपमा

Read Time:1 मिनेट

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। आइतबार राति कार्डिफ सिटी स्टेडियममा भएको युरोपको प्लेअफ फाइनलमा युक्रेनमाथि १-०को जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो।

सन् १९५८ यता पहिलो पटक वेल्सलाई विश्वकपमा छनोट गराउन उसले आत्मघाती गोलको साहरा लियो। ३४औं मिनेटमा युक्रेनका कप्तान आन्द्रेइ यामर्लेन्कोले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा वेल्सले अग्रता लिएको थियो।

१९५८मा पहिलो पटक विश्वकपमा छनोट भएको युक्रेन क्वार्टरफाइनलसम्म पुगेको थियो। क्वार्टरफाइलनमा युक्रेन ब्राजिलसँग १-०ले पराजित भएको थियो।

कप्तान ग्यारेथ बेलको फ्रिकिक बचाउने क्रममा यामर्लेन्कोले आफ्नै पोस्टमा गोल गरेका थिए। खेलमा वेल्समाथि पूर्ण रुपमा दाबब बनाए पनि युक्रेनले गोल भने फर्काउन सकेनन्।

युक्रेन लगातार चौथो पटक विश्वकपमा छनोट हुन असफल भएको हो। ऊ सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मकवानपुर गोल्डकपमा दुई विभागीय टिम विजयी
Next post एसियन कप छनोटमा नेपाल जोर्डनसँग पराजित
Close