बर्खास्तीमा परे वेस्टह्याम प्रशिक्षक पेलेग्रिनी

इंग्लिस क्लब वेस्टह्यामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिगको १९औं चरणमा लेस्टर सिटीसँग २–१ले पराजित भएलगत्तै वेस्टह्यामले प्रशिक्षक पेलेग्रिनीलाई बर्खास्त गरेको हो ।

यो सिजन प्रिमियर लिगमा वेस्टह्यामले निकै खराब प्रदर्शन गरेको छ । उनले १९ खेलमा केवल ५ जित मात्र निकालेको छ र उ रेलिगेसन जोनबाट माथि उठ्न सकेको छैन । १९ खेलमा ५ जित र ४ बराबरी खेल्दै अंक जोडेको वेस्टह्याम १७औं स्थानमा छ ।

सन् २०१८ को मेमा ३ वर्षे सम्झौता गर्दै पेलेग्रिनी १८ महिनामै बर्खास्तमा परे । अघिल्लो सिजन वेस्टह्याम १०औं स्थानमा रहँदै लिग सकेको थियो । तर, यो सिजन उसले लय समाउन सकेको छैन । पेलेग्रिनीको प्रशिक्षणमा वेस्टह्यामले ६४ खेल खेलेको छ । जसमा उसले २४ जित, ११ बराबरी र २९ हारको सामाना गरेको छ ।

पेलेग्रिनीको स्थानमा पूर्व प्रशिक्षक डेविड मोसय पुनः वेस्ट ह्याम फर्कने सम्भावना प्रवल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *