लिंगार्ड चम्किँदा वेस्टह्याम चौथो स्थानमा

Read Time:1 Minute

जेस लिंगार्डको दुई गोल मद्दतमा वेष्टहमले प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा लेस्टर सिटीमाटि ३–२को जित निकाल्दै वेस्टह्याम चौथो स्थानमा उक्लिएको हो।

लेस्टरका केलेची इहनचोले अन्तिम २० मिनेटमा दुई गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । वेष्टहमका लागि लिनगार्डले खेलको २९औं र ४४औं मिनेटमा गोल गरे । यस्तै जारोर्ड बोवेनले ४८औं मिनेटमा गोल गरे । लेस्टरका इहनाचोले ७०औं मिनेट र इन्जुरी टाइममा गोल गरे।

जितपछि वेष्टहम ३१ खेलबाट ५५ अंक जोड्दै चौथो स्थानमा उक्लेको हो । वेष्टहमले तेस्रो स्थानको लेस्टरसंग अंकदूरी १ मा झारेको छ । ३१ खेलबाट लेस्टरको ५६ अंक छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हैदरावादमाथि कोलकाताको १० रनको जित
Next post क्यानले महिलाको टी–२० र एकदिवसीय सिरिज तथा पुरुषको एकदिवसीय सिरिज आयोजन गर्ने
Close