रोनाल्डो, डि गिया र लिंगार्ड नायक बन्दा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले वेस्टह्यामलाई २–१ले हरायो।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो, गोलपिकर डेभिड डि गिया र जेसे लिंगार्ड नायक बने। रोनाल्डो र लिंगार्डले गोल गर्दा डि गियाले खेलको अन्तिम केही सेकन्डमात्र बाँकी रहेको अवस्थामा पेनाल्टी बनाउँदै टिमलाई जित दिलाए ।

घरेलु मैदानमा ३०औं मिनेटमा वेस्टह्यामले सुरुआती अग्रता लियो। उसका साइद बेनराममाले गोल गरेका थिए । तर, ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यसै सिजन युभेन्टसउबाट युनाइटेड आएका रोनाल्डो यो तेस्रो खेलमा चौथो गोल हो भने प्रिमियर लिगमा तेस्रो गोल हो।

त्यसपछि खेलको ८९ औं मिनेटमा लिंगार्डले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई २–१ अग्रता दिलाए । तर, इन्जुरी समयको अन्तिम सेकेन्डमा प्राप्त पेनाल्टी चुकाउँदा वेस्टह्याम पराजित भयो।

इन्जुरी समयको चौथो मिनेटमा लुक शले डिबक्समा ह्यान्ड गरेपछि वेस्टह्यामले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारका लागि प्रशिक्षक डेभिड मोएसले मार्क नोबेललाई मैदान छिराए, तर उनको प्रहार युनाइटेडका किपर डेभिड डि गियाले बचाए।

जितसँगै युनाइटेडले ५ खेलमा १३ अंक जोडेको छ, र उ तेस्रो स्थानमा छ । वेस्टह्याम ८ अंक जोडेर आठौं स्थानमा छ ।

यसैगरी अर्को खेलले लेस्टर सिटी ब्राइटनसँग २–१ले पराजित भएको छ। ब्राइटनको जितमा निल मुआप्पे र ड्यानी वेलब्याकले गोल गरेका थिए भने लेस्टरका जेमी भार्डीले गोल गरेका थिए।

Facebook Comments Box