क्लब फुटबलफुटबल

वेस्टह्यामले जित्यो कन्फ्रेन्स लिग उपाधि

इंग्लिस क्लब वेस्टह्यामले कन्फ्रेन्स लिग उपाधि जितेको छ। ज्यारोड बावेनले ९० औं मिनेटमा गरेको नाटकीय गोलमा वेस्टह्यामले बुधबार फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फ्रेन्स लिग जितेको हो।

वेस्टहमले सन् १९६५यता क्लब इतिहासले कुनै ठूलो उपाधि जितेको यो पहिलो पल्ट हो। वेस्टह्यामले युरोपेली उपाधि जितेको यो दोस्रो पल्ट मात्रै हो । उसले ५८ वर्ष गाडि कप विनर्स कप जितेको थियो ।

वेस्टह्यामले सेड बेनरामाको गोलले ६२ औं मिनेटमा अग्रता लिएको थियो र यो पेनाल्टीमा सम्भव भएको थियो। त्यसको पाँच मिनेटपछि जियाकोमो बोनाभेन्टुरले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए ।

यो उपाधिसँगै घरेलु लिगमा बिर्सनलाइक प्रदर्शन गरेपछि वेस्टह्यामले अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भएको छ। अधिकांश समय रेलिगेनशन जोनमा रहेको उसले पछिल्ला केही खेल जितेपछि ऊ रेलिगेसबाट बचेको थियो ।