लिभरपुलका डच मिडफिल्डर वाइनाल्डम पिएसजीमा

इंग्लिस क्लब लिभपरपुलका डच मिडफिल्डर जर्जिनियो वाइनाल्डम फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन्। पछिल्ला दुई सिजनयता स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलेका ३० वाइनाल्डमले बिहीबार पिएसजीसँग सम्झौता गरेका छन्।

वाइनाल्डम फ्रि टान्सफरमा पिएसजीमा आबद्ध भएका हुन्। उनले पिएसजीसँग ३ वर्षको सम्झौता गर्ने छन्। सिजन सकिएसँगै वाइनाल्डमको लिभरपुलसँगको सम्झौता सकिएको थियो।

३० मिडफिल्डर वाइनाल्डम पिएसजी जाने पक्का भएपछि औपचारिक सम्झौता भने युरोकप सकिएपछि मात्र हुने छ। उनले नेदरल्यान्ड्सबाट युराकप खेल्दै छन्। पिएसजीले आफ्नो ट्विटरमा भिडियाे पाेष्ट गर्दै वाइनाल्डमलाई क्लबमा स्वगत गरेको छ।

वाइनाल्डमले सन् २०१६मा न्युकासल युनाइटेडबाट लिभरपुल आएका थिए। त्यसयता उनले लिभरपुलबाट २३७ खेल खेल्दै २२ गोल र १६ असिस्ट गरेका छन्। लिभरपुलबाट च्याम्पियन्स लिग र प्रियिमर लिग उपाधि जितेका छन्।

Facebook Comments Box