विलियनलाई आर्सनलको आकर्षक प्रस्ताव

सिजनको अन्त्यसँगै चेल्सीसँगको सम्झौता सकिने ब्राजिलियन विंगर विलिनय भित्र्याउन लन्डन क्लब आर्सनलले आकर्षक प्रस्ताव गरेको छ । फ्रि ट्रान्सफरमा विलियन भित्र्याउनका लागि आर्सनलले ३ वर्षको प्रस्ताव गरेको छ ।

प्रशिक्षक मिकेल अर्टेटा यो सिजन आर्सनलको शैली बदल्ने पक्षमा छन्, त्यसका लागि विलियन उपयुक्त खेलाडी हुने अर्टेटाको निष्कर्ष छ । सोही अनुसार आर्सनलले ३१ वर्षीय विलियलाई ३ वर्षको प्रस्ताव गरेको हो ।

विलियन र आर्सनलबीच सम्झौताका विषयमा छलफल भइरहेको छ, तर सहमति भने हुन सकेको छैन । विलियन आर्सनलसँग चार वर्षको सम्झौता गर्ने पक्षमा छन् दुवैबीच सहमति हुन नसकेको हो।

विलियन चेल्सीमै बस्ने सम्भावना पनि कायमै छ । उनलाई चेल्सीमै राख्न प्रशिक्षक फ्र्यांक लाम्पर्टाले प्रयास गरिरहेका छन् । लाम्पार्टकै पहलमा चेल्सीले २ वर्ष क्लबमा रहन प्रस्ताव गरेको छ, तर विलियन ३ वर्षको सम्झौता भएमात्र स्टामफोर्ड ब्रिज बस्ने सोचमा छन् ।

विलियन लाम्पार्टका मनपर्ने खेलाडी भएकाले पनि उनी विलियनलाई फकाउन हरसम्भव प्रयास गरिरहेका छन् । ३० वर्षमाथिका खेलाडीलाई १ वर्षमात्र सम्झौता थप्ने चेल्सीको नीति छ, तर लाम्पार्टको पहलमा चेल्सीले ३१ वर्षीय विलियनलाई वर्षको प्रस्ताव गरेको छ । विलियन र लाम्पार्टले चेल्सीबाट सँगै खेलेका छन् । तीन या चार सिजन प्रिमियर लिगमै बिताउने चाहना अनुसार विलियनले ३ वर्षको अडान राखेको बताइन्छ ।

सम्झौतान नवीकरणमा सहमति नभए ७ सिजन चेल्सीमा बिताएका विलियनले च्याम्पियन्स लिगको खेलसँगै लन्डन क्लब छाड्ने छन् । सहमति नभए बार्यन म्यूनिखसँगको खेल चेल्सीको जर्सीमा विलियनको अन्तिम खेल हुने छ । त्यो किनभने पहिलो लेगमा लेगमा चेल्सी ३–०ले पछि रहेका दोस्रो लेगमा खेल उल्टाउन चेल्सीलाई निकै कठीन छ ।

फ्रि टान्सफरमा विलियन भित्र्याउन आर्सनलसँगै टोटनह्याम, म्यानेचेस्टर युनाइटेड र स्पेनिस क्लब बार्सिलोना पनि लागि परेका छन् । तर, चेल्सीसँग सहमति नभए विलियन अर्सानल जाने सम्भावना प्रवल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *