वुल्फ्सबर्गको सानदार जित, रोकियो फ्र्यांकफर्ट

जर्मन बुन्डेस लिगामा वुल्फ्सवर्गले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा वुल्फ्सवर्गले बायर लेभरकुसनमाथि ४–१ को जित निकालेको हो ।

लेभरकुसनको मैदानमा भएको खेलमा वुल्फ्सवर्गका मारिन पोन्ग्रासिकले २ तथा म्याक्सिमिलियन आर्नोल्ड र रेनाटो स्टेफिनले समान १ गोल गरेका थिए भने लेभरकुसनका जुलियन वामगार्टलिंकले सान्त्वना गोल गरेका थिए ।

पहिलोको हाफको अन्त्यतिर वुल्फ्सवर्गले अग्रता लिएको थियो । उसका मारिनले ४३औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–०को अग्रता लिएको वुल्फ्सवर्गलाई ६४औं मिनेटमा आर्नोल्डले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको चार मिनेटपछि नै रेनाटो स्टेफिनले गोल गर्दै वुल्फ्सवर्गलाई ३–०को अग्रता दिलाए । ७५औं मिनेटमा मारिनले व्यक्तिगत दोस्रो गोल गरेपछि वुल्फ्सवर्गले ४–०को अग्रता लियो । ८५औं मिनेटमा लेभरकुसनका जुलियनले सान्त्वना गोल गरेका थिए ।

यो हारले च्याम्पियन्स लिग खेल्ने लेभरकुसनको योजनामा धक्का लागेको छ । ५३ अंकका साथ लेभरकुसन पाचौं स्थानमा छ भने ४२ जोडेको वुल्फ्सवर्ग छैठौं स्थानमा छ ।

यसैगरी शनिबार नै भएको अर्को खेल फ्र्यांकफर्ट बराबरीमा रोकियो । फ्र्यांकफर्टलार्य फ्राइवर्गले ३–०को गोलको बराबरीमा रोकेको हो । फ्र्यांकफर्टका आन्द्रे सिल्भा, डाइची कमडा र टिमोथी चान्ड्लरले गोल गर्दा फ्राइवर्गका भिसेन्जो ग्रिफो, निल्स पिटरसन र लुकास होलरले गोल गरेका थिए। अर्को खेलमा भेरडआ ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडबाचले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP