वुल्भ्समाथि लिड्सको रोमाञ्चक जित

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले रोमाञ्चक जित निकालेको छ। शुक्रबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै लिड्सले वुल्भ्समाथि २–३ को जित निकाल्यो ।

मेलिनेक्स स्टेडियममा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन, रोड्रिगो र लुके एलिङले गर्दा वुल्भ्सका जोनी र फ्रानसिस्को ट्रिन्काओले गोल गरे ।

२६ औं मिनेटमा ट्रिन्काओको पासलाई जोनीले गोल गर्दै वुृल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ट्रिन्काओले वुल्भ्सको अग्रता दोब्बर बनाए । उनले ड्यानियल पोडेन्सको पासमा गोल गरे।

५३औं मिनेटमा राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वुल्भ्स १० खेलाडीमा समेटियो । त्यसपछि लिड्स खेलमा फर्कियो। ६३ औं मिनेटमा ह्यारिसनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

६६औं मिनेटमा रोड्रिगोले साम ग्रिनउडको पासलाई गोल गरेपछि लिड्सले खेललाई २–२ को बराबरीमा ल्यायो। इन्जुरी समयमा एलिङले गोल गरेपछि लिड्सले ३–२ को पुनरागमन जित निकाल्यो ।

जितसँगै लिड्स ३० खेलमा २९ अंकका साथ १६ औं स्थानमा रहँदा पराजित उल्भ्स समान खेलबाट ४६ अंकका साथ आठौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post च्याम्पियन्स लिग : रियल र चेल्सी भिड्ने, बायर्न र लिभरपुललाई सहज प्रतिद्वन्द्वी
Next post दक्षिण अफ्रिकामाथि बंगलादेशको ऐतिहासिक जित
Close