आत्मघाती गोलमा वुल्भ्स विजयी

आत्मघाती गोल मद्दतमा वुल्भ्सले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा आत्मघाती गोल मद्दतमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–०ले हरायो।

घरेलु मैदानमा उल्भ्सले आत्मघाती गोलबाट जित निकालेको हो। लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

जितसँगै २५ खेलमा ३३ अंकका साथ वुल्भ्स ११औं स्थानमा छ । २४ खेलमा ३२ अंक जोडेको लिड्स १२ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.