बेल्जियम र फिनल्यान्डबीच खेल हुँदाहुँदै अर्धनग्न युवती मैदानमा छिरेपछि…

जारी युरोकप २०२० मा समूह बीको अन्तिम खेलमा बेल्जियम र फिनल्यान्ड भिँडिरहेका थिए। बेल्जियम निरन्तरको प्रयासमा पनि गोल गर्न सकिरहेको थिएन भने फिनल्यान्डलाई बेल्जियमको अट्याक रोक्न हम्मे परिरहेको थियो।

तर त्यत्तिकैमा मैदानमा एक युवती देखापरिन्। घाँटीमा पास भिरेकी युवतीले आफुले लगाइरहेको सर्ट फुकालिन् र अर्धनग्न भएर मैदानको बीचतिर दौडिन थालिन्।

उनले लगाएको कालो टिसर्टको अगाडी क्रिप्टोकरेन्सी डब्ल्यूटीएफ कोइनको विज्ञापन थियो भने पछाडी त्यसैको वेबसाइटको लिंक थियो। उनी लगाइरहेको सर्ट खोलेर मैदानमा प्रवेश गरेपछि खेल अवरुद्ध भयो।

खेलाडी र दर्शक सबै उनैलाई हेर्नथाले। उनी मैदानको लगभग बीचमा पुगेपछि मात्र सुरक्षा गार्डहरुले उनलाई रोक्न सकेका थिए। सुरक्षाकर्मीले उनलाई समात्ने क्रममा उनको शरीरमा छोएको तरीकालाई लिएर विभिन्न प्रश्न उठिरहेका छन्।

पुरुष सुरक्षागार्डले उनको शरीरमा जथाभावी छोएको धेरैको तर्क छ। उनलाई पकडेर मैदान बाहिर लैजाने क्रममा खिचिएका केही तस्बिरहरु आपत्तिजनक पनि मान्न सकिन्छ।

हिजै राती समूह बीकै अर्को खेलमा पनि एक युवक मैदान प्रवेश गरेर खेल अवरुद्ध गरेका थिए। डेनमार्क र रुस नकआउट प्रवेशका लागि प्रतिस्पर्धा गरिरहँदा रुसका युवक मैदानमा प्रवेश गरेका थिए।

उनलाई भने सुरक्षागार्ड मैदान प्रवेश गर्नासाथ पकडेकाले उनले खेलमा खासै असर पुर्‍याउन सकेनन्।

Facebook Comments Box