भारतले महिला साफ च्याम्पियनसिप खेल्न नपाउने, नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

Read Time:1 मिनेट

साफ च्याम्पियनसिपमा नेपाली टिम उपाधिबाट बञ्चित हुँदै आएको छ। प्रतियोगिताको अघिल्ला पाँच संस्करणमध्ये ४ पटक फाइनल खेलेको नेपाली टिम चारै पटक उपविजेता बनेको थियो।

महिला साफ च्याम्पियनसिपमा भारतले एकछत्र राज गरेको छ। भारतले पाँचै संस्करणको उपाधि जितेको छ। तर, छैठौं संस्करणमा भारत सहभागी हुने छैन। फिफाले अल इन्डिया फुबटल फेडेरेसनलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएपछि भारत महिला साफ च्याम्पियनसिपमा सहभागी नुहने भएको हो।

त्यसैले नेपाली महिला टिमलाई यो पटक घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर छ। प्रतियोगिताको उपाधिमा क्लिनस्विप गरेको भारत सहभागी नहुने भएपछि प्रतियोगिताको प्रमुख दाबेदार नेपाल नै हो।

भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा महिला साफमा अब ७ टिम मात्र सहभागी हुनछन्। प्रतियोगितामा नेपाल, भुटान र श्रीलंकासँगै समूह बीमा र भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान समूह बीमा थिए ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भुटानको सामाना गर्ने तालिका छ भने नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्ने तालिका छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफाले लगायाे भातरमाथि प्रतिबन्ध
Next post आइरिस अलराउन्डर ओ’ब्रायनले छाडे अन्तर्राष्ट्रिय क्रिकेट
Close