साफ च्याम्यिनसिपको उद्घाटन प्रचण्डले गर्ने

मोफसलमा पहिलो पटक आयोजना हुने महिला साफा च्याम्पियनसिपको उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने भएका छन् । विराटनगरस्थित सहिद रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेबाट सुरु भइ चैत्र ७ गतेसम्म चल्ने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेकपा अध्यक्ष प्रचण्डलाई प्रतियोगिता उद्घाटनको प्रस्ताव गरेको र सो प्रस्ताव प्रचण्डाले स्वीकार गरेकाले महिला साफा च्याम्पियनसिपको उद्घाटन प्रचण्डले गर्ने पक्का भएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन विराटनगरस्थित सहिद रंगशालामा फागुन २८ गते मंगलबार दिउँसो २ बजे हुने छ । उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने छन् ।

प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भुटान र बंलादेश रहेको छन् भने ‘बी’ समूहमा भारत, श्रीलंका र मालदिभ्सको महिला टिम रहेको छ । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

प्रतियोगिताका लागि नेपाली टोलीमा गोलकिपरमा अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ छन्। डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पुजा रानामगर, मनमाया लिम्बु छन्।

यस्तै मिडफिल्डमा अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी छन्। फर्वाडमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन्।

खेल तालिका

फागुन २८ गते
नेपाल भर्सेस भुटान

फागुन २९ गते
भारत भर्सेस माल्दिभ्स

फागुन ३० गते
भुटान भर्सेस बंगलादेश

चैत्र १ गते
माल्दिभ्स भर्सेस श्रीलंका

चैत्र २ गते
बंगलादेश भर्सेस नेपाल

चैत्र ३ गते
श्रीलंका भर्सेस भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *