
यस्तो छ विश्वकप फाइनलको लाइनअप, डि मारिया, जिरुड र भरान पहिलो रोजाईमै
कतार विश्वकपको फाइनलको लाइनअप सार्वजनिक भएको छ। लुसेल रंगशालामा ८ः४५बजे हुने फाइनलका लागि अर्जेन्टिना र फ्रान्सले लाइनअप सार्वजनिक गरेका हुन्।
अर्जेन्टिनाले लियोनल मेसी र फ्रान्सले ह्युगो लोरिसको कप्तानीमा टिम घोषणा गरेका हुन्। दुवै टिम तेस्रो पकट उपाधि जित्न मैदान उत्रने छन्।
मुख्य प्रशिक्षक लियोनल स्कोलानीले फ्रान्सविरुद्धको फाइनललाई थप आक्रमक बनाउन विंगर एन्जेल डिमारियालाई सुरुआतमै राखेका छन्। उनी विश्वकपका नकआउट कुनै पनि खेलमा स्टार्टिङ लाइनअपमा थिएनन्।
यस्तै, फ्लुका कारण खेल्न आशंका गरिएका फ्रान्सका स्ट्राइकर ओलिभर जिरुड, डिफेन्डर राफेल भरानेले पनि सुरुआतमै देखिने छन् । यस्तै, फ्लुकै कारण सेमिफाइलन गुमाएका मिडफिल्डर एड्रियन राबिओट र डिफोन्डर डायोट उपमेकानो पनि सुरुआतमै खेल्ने छन्।
अर्जेन्टिना टिम : इमिलानो मार्टिनेज, नाहुल मोलिना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, टालियाफिगाे, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेस, मार्क एलिस्ट, लियोनल मेसी, डि मारिया र जुलियन अल्भारेज।
फ्रान्स टिम : ह्युगो लोरिस, राफेल भरान, डायोट उपमेकानो, थियो हर्नान्डेज, जुल्स कुन्डे, राबिओट, उरालेन चुआमेनी, एन्टोइनि ग्रिजमन, मिलियन एम्बाप्पे, उसमान डेम्बेले र ओलिभर जिरुड।